Nirvik Khabar

पानी ट्याङ्कीमा डुबेर दैलेखमा दाजुबहिनीको मृत्यु

निर्भीक खबर
निर्भीक खबर

सुर्खेत । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु भएको छ ।दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

शाहले भने, ‘दिउँसो चार बजे उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो, हामीले मातहतका कार्यालयमा बुझ्दा दुई बालबालिकाको मृत्यु भएको हो ।’

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available