१७ असार चितवन
चालू आर्थिक बर्षको साउन देखि जेठ मसान्तसम्मको ११ महिनाको अबधिमा चितवनबाट १२ हजार ६ सय ६१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन । आर्थिक बर्ष ०७८/०७९ को सोही अबधिमा नेपालबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिनेको सख्या भने ५ लाख ६७ हजार ८ सय ३९ रहेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासन ( सामी ) परियोजनाले आज भरतपुरमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि जनप्रतिनिधिहरु सग अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएका २ वटा कार्यपत्रले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । गत आर्थिक बर्षमा चितवनबाट ४ हजार १ सय १६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन भने बागमती प्रदेशबाट श्रम स्वीकृत लिनेको सख्या भने २४ हजार ९३ रहेको छ । त्यस्तै नेपालबाट श्रम स्वीकृत लिएर बिदेश जानेको सख्या ५८ लाख रहेको कार्यपत्रमा उल्लेख गरिएको छ । गत फागुन देखि यता दैनिक सरदर १ हजार ७ सय जना वैदेशिक रोजगारीमा गएका छन । श्रम स्वीकृत नलिइकन अबैधानिक तरिकाबाट वैदेशिक रोजगारीमा जानेको सख्या पनि उल्लेखिय रहेको छ । यस्तै वैदेशिक रोजगारीमा गएका मध्ये १४ प्रतिशत बागमती प्रदेशका रहेको सामी परियोजनाका सयोजक तथा बागमती प्रदेशका कार्यक्रम सयोजक तरुण अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार हाल नेपालमा दैनिक ३ देखी ५ जना कामदारको शब भित्रीने गरेको छ । यसैगरी प्रत्येक बर्ष करिब ४ लाख ५० हजार ब्यक्तिहरु श्रमको खोजीमा श्रम बजारमा जाने गरेका छन । नेपालमा सिमित रोजगारी र गरिबीका कारण वैदेशिक रोजगार प्रती नेपालीहरुको आकर्षण बढदो छ । देश भित्र पर्याप्त रोजगारीको अबसर उपलब्ध नभएकोले युवाहरु अल्पकालीन रुपमा वैदेशिक रोजगारीको बाटो अपनाइ रहेको सयोजक अधिकारीले बताउनु भयो । गरिबि घटे पनि वैदेशिक रोजगारीमा जानेको सख्या भने नघटेको तथ्यांकले देखाएको छ । कार्यक्रममा देशको प्रमुख श्रोत बिदेशी मुद्रा आर्जन गर्नु नै हो अधिकारीले भन्नू भयो, नेपालको ५६ प्रतिशत घर परिवार रेमिटान्स सग जोडिएका छन । वैदेशिक रोजगारीको पाटोलाइ सुरक्षित र भरर्पर्दो बनाउन भन्दै सुरक्षित आप्रवासन ( सामी ) परियोजनाले स्विस सरकार र नेपाल सरकारको सहयोगमा बिगत १२ बर्ष देखि वैदेशिक रोजगारमा जाने युवा युवती लक्ष्यित कार्यक्रमहरु गर्दै आइरहेको छ । परियोजनाले हाल चितवनका ४ वटा पालिकाहरुमा कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउपालिकामा परियोजनाले काम गर्दै आइरहेको छ । परियोजनाले पहिलो चरणमा दुई जिल्ला, दोस्रो चरणमा १८ जिल्ला र तेस्रो चरणमा ३९ जिल्लाका १ सय ५६ स्थानीय तहमा काम गरिरहेको छ । प्रदेश १ को ८ जिल्ला, मधेस प्रदेशको ८ जिल्ला, बागमती प्रदेशको ८ जिल्लामा परियोजना लागू भइ रहेको छ । यस्तै गण्डकी प्रदेशको ६ जिल्ला, लुम्बिनी प्रदेशको ७ जिल्ला , कर्णाली प्रदेशको १ जिल्ला र सुदूरपश्चिम प्रदेशको १ जिल्लामा सामी परियोजना संचालित भइ रहेको छ । कार्यक्रममा महानगर शिक्षा शाखा प्रमुख महेन्द्र पौडेल, भरतपुर १३ का अध्यक्ष प्रकाश दवाडी, महानगर स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल,भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल लगायतले वैदेशिक रोजगारीमा जाने नेपालीहरुको अवस्था निकै डरलाग्दो र भयावह रहेको बताएका थिए । कार्यक्रममा बोल्दै महानगर उप प्रमुख चित्रसेन अधिकारीले रेमिटान्सको मात्रै भर परेर बस्ने अवस्था नरहेको बताउनु भयो । उहाँले सबै नागरिकहरु स्वआत्मनिर्भर बन्न आबश्यक रहेको पनि उल्लेख गर्नु भयो । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको अवस्था दयनीय रहेको भन्दै सामी परियोजनालाई सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
Discussion about this post