चितवन । चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय गरिएको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम बाटै घोषणा हुनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
घोषणाले समग्र चितवन र देशकै पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने भरतपुर महानगर प्रमुख रेनु दाहालले वताउनुभयो।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले समग्र जिल्लाको पर्यटन प्रवर्द्धनमा आफू सहयोगी भुमिकामा रहने वताउनु भयो।
पर्यटन राजधानी घोषणा हुनका लागि आवश्यक सम्पुर्ण पर्यटकीय पुर्वाधार सम्पन्न भएकाले चितवनलाई पर्यटकिय राजधानी घोषणा गर्नुपर्ने पर्यटन विज्ञ विश्वराज सुवेदीले वताउनु भयो ।
यस्तै चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गनाले जिल्लाको पर्यटन चितवन राष्ट्रिय निकुञ्जमा आधारित भएकाले यसको संरक्षण एवम् प्रर्वद्धनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
भरतपुर भ्रमण वर्ष , हात्ती महोत्सव, सौराहा फुड फेष्टिवल जस्ता कार्यक्रमले समग्र क्षेत्रमा सकारात्मक आर्थिक प्रभाव परेकाले राजधानी घोषणाले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, उद्योग वाणिज्य संघ चितवनका कार्यबाहक अध्यक्ष अशोक अधिकारी, रत्ननगर नगरपालिका पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष भेषराज दुवाडी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले पर्यटकीय राजधानी घोषण गर्ने विषयमा दुई मत नरहेको उल्लेख गर्नुभयो ।
Discussion about this post