Nirvik Khabar

प्रिन्सि काफ्ले रेड क्रस र रेड क्रिसेन्ट अन्तर्राष्ट्रिय सम्मेलनमा जिनेभा जादै

नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका १० अरूणखोला निवासी युवा नेतृ तथा रेडक्रस क्रमि प्रिन्सि काफ्ले ३४औं अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्टको सम्मेलनमा भाग लिनुहुने भएको छ । यहि अक्टोबर २२ देखि ३१ सम्म स्विजरल्यान्डको जिनेभामा आयोजना हुने सम्मेलनमा सहभापग हुन काफ्ले नेपाललाई विश्वमञ्चमा गर्व दिलाउँदै ऐतिहासिक यात्रा तय गरेको हो । ३४औं अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्टको सम्मेलनमा विश्व भरका १९६ भन्दा बढी देशका प्रतिनिधिहरूलाई एकै थलोमा भेला हुदै मानवीय संकट र त्यसका समाधानबारे छलफल गर्नका लागि महत्त्वपूर्ण अवसर रहेको काफ्लेले बताउनुभयो ।

रेड क्रस र रेड क्रिसेन्टको सम्मेलनको यस वर्षको विषयवस्तु Navigate Uncertainty – Strengthen Humanity रहेको छ । यो विषयले संसारभरका मानिसहरूले सामना व्ययहार गरिरहेका अनिश्चितता र चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ । काफ्लेले जलवायु परिवर्तन, आपतकालीन मानवीय सहायता, र नवीन समाधानका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । उहाँले विश्व समुदायलाई नेपाली समाजमा उत्पन्न भइरहेका मानवीय संकटका समाधानबारे जानकारी गराउँदै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गनुहुनेछ ।

यो सम्मेलनमा सहभागीता प्रिन्सि काफ्लेका लागि मात्र नभई सम्पूर्ण दक्षिण एशियाली युवाहरूका लागि गर्वको विषय हो । उहाँले Humanitarian Village बुथमा South Asian Youth Network (SAYN) को प्रतिनिधित्व गर्दै दक्षिण एशियाली युवा समुदायको आवाजलाई विश्वमञ्चमा पुर्याउने अवसर बन्नेछ । यस मञ्चमा प्रिन्सिको सहभागिताले दक्षिण एशियामा मानवीय सहयोग र जलवायु परिवर्तनको प्रतिरोधका लागि युवाहरूको योगदानलाई अझ मजबुत बनाउनेछ ।

प्रिन्सि काफ्ले जस्ता युवा नेतृत्वकर्ताहरूको सहभागिता विश्वभरका चुनौतीहरूको समाधान खोज्न महत्त्वपूर्ण छ । उनी जस्ता नेताहरूका विचारले विकासोन्मुख देशहरूमा युवाहरूले जलवायु परिवर्तन र अन्य मानवीय चुनौतीहरूको सामना कसरी गर्न सक्छन भन्ने कुरामा थप स्पष्टता ल्याउनेछ । यस सम्मेलनमा सहभागीता नेपालका लागि ऐतिहासिक उपलब्धि मात्र नभई युवाहरूको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने महत्त्वपूर्ण कदम हो ।

प्रिन्सिले नेपालको तर्फबाट यस महत्त्वपूर्ण मञ्चमा सहभागिता जनाउँदै, विश्व समुदायलाई नेपालले मानवीय सेवामा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउनेछिन्। यो सहभागिता नेपालका लागि मात्र नभई सम्पूर्ण युवाहरूका लागि प्रेरणादायी यात्रा हुनेछ।  हामी उनलाई यस विशेष अवसरका लागि शुभकामना दिन्छौं, र अपेक्षा गर्दछौं कि उनी नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रस्तुत गर्दै नयाँ कीर्तिमान स्थापित गनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस