Nirvik Khabar

‘फर्की फर्की’ को पारिश्रमिक बापत अनमोलले तिरेको करको रकम सार्वजनिक

अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ बाट आफूले लिएको पारिश्रमिक बापत ७ लाख ५० हजार रुपैयाँ कर तिरेका छन्।

यो फिल्मबाट उनले ५० लाख रूपैयाँ पारिश्रमिक लिएका थिए।

फिल्म निर्माता रोहित अधिकारीले अनमोलले सरकारलाई तिरेको करको रसिदलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।

योसँगै अनमोलले उक्त फिल्मबाट ५० लाख रूपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ।नेपाली फिल्ममा कलाकारले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेको यो पहिलोपटक हो।

फिल्म ‘फर्की फर्की’ गत जेठ १० गतेदेखि प्रदर्शनमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस