Nirvik Khabar

सिंघिया खोला किनारमा भेटियो महिलाको शव

विराटनगर महानगरपालिका–१४ जतुवास्थित सिंघिया खोलाको किनारमा शुक्रबार राति सडेको अवस्थामा महिलाको शव भेटिएको छ।मृतकको पहिचान खुल्न सकेको छैन। अन्दाजी ३०/३२ वर्षीयाजस्तो देखिने महिलाको अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर दुर्गन्धित भएको अवस्थामा राति ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार अनुहार सडेको र किरा परेको अवस्थामा शव फेला परेका कारण मृत भेटिएकी महिलाको पहिचानमा समस्या भइरहेको छ।शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ। वर्षासँगैको बाढीले महिलालाई कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको आशंका छ। मृतक महिलाको पहिचानका लागि सबैतिर हुलिया परिपत्र गरेर प्रहरीले यसअघि हराएका महिलाहरुको विवरण संकलन गरिरहेको छ।

‘महिला हराएको भनेर प्रहरीमा आएका निवेदनहरुको अध्ययन र विश्लेषण गर्ने काम भइरहेको छ,’ डीएसपी बस्नेतले भने, ‘अहिलेसम्म शवको सनाखत गर्न सक्ने कोही फेला परेका छैनन्।’ इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले महिलाको सनाखतको प्रयास गर्दै अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस