सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।साथीसंगीसँग नुहाउन गएकी वडा नं ६ कै मेवाबोटेकी ३० वर्षीय चन्द्रकला हायूको सुनकोसी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ
नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशीमा बेपत्ता भएकी हायूको शव खोजतलास गर्दा नदीको बीच भागमा फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गाोविन्द काफ्लेले जानकारी दिए । हायूको शवको मंगलबार नै सिन्धुली अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै नदीनालामा नुहाउन जानेहरुको संख्या बढेकाले सचेत हुने समेत उनले आग्रह गरेका छन् ।
Discussion about this post