Nirvik Khabar

पोखराको सुइखेतमा बस दुर्घटना, ८ जना घाइते

काठमाडौं : काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको यात्रुवाहक बस पोखरा महानगरपालिका–२५ सुइखेतमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

आज बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बस सडक डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो। ३१ जना सवार बसमा प्रहरीले उद्धार गरी ८ जना घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस