दोहा ११ माघ
माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्स्चेन्ज सगँको ब्यबसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख अधिकृत बिश्वम्भर न्यौपानेले जानकारी दिनु भयो ।
पश्चिमाञ्चलको पहिलो क बर्गको कमर्शियल बैंक माछापुच्छ्रे बैंकले कतारबाट रेमिट्यान्स सेवासगै सम्पुर्ण बैंकिंग सेवा उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा बोल्दै अधिकृत न्यौपानेले कतारमा रहेका सम्पुर्ण नेपालीहरु माझ साझा बैंकको रुपमा स्थापित हुदै सरल सहज र भरपर्दो सेवा प्रवाह गर्न बैक प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी ब्यबसायिक साझेदार अल्फर्दान एक्स्चेन्जका हेड अफ अपरेशन मोहम्मद हिसामले नेपालीहरु माझ नेपालको क बर्गको बैक सेवा लिएर आएकोमा खुशी ब्यक्त गर्दै सबै नेपालीहरुलाई सरल र सहज सेवा लिन सुझाब दिनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपालीे राजदुताबासका कार्यबहाक राजदुत कुमार राईले माछापुच्छ्रे बैंकको कतारमा भएको व्यावसायिक सेवा बिस्तारले कतारमा रहेका नेपालीहरु माझ बैंकिंग साक्षरता र बित्तिय ज्ञान दिलाउन सहयोग पुग्ने बताउनु भयो । साथै उहाँले दूतावास पनि बैंकिंग साक्षरताका कार्यक्रममा सहभागी हुँदै कतारमा रहेका सबै नेपालीहरु सहकार्य गर्ने योजनामा रहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा माछापुच्छ्रे बैंकका मध्यपुर्व व्यावसाय प्रमुख सुजन सापकोटाले बैंकले प्रवासमा रहेका नेपालीहरुलाई दिने सेवा सुबिधाबारे स्पष्ट पार्नु भयो । बैंकसगँ सहकार्य गर्दै रेमिट्यान्स सेवा लिनेहरुले बैंक मार्फत पाउने विभिन्न सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमा सहभागीहरुले बैंक र बैंकिंग साक्षरता तथा रेमिट्यान्सबारे विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा कतार स्थित विभिन्न राजनीति दलका बैचारिक सङ्गठन प्रमुख , जिल्ला सस्थाका प्रमुख , सामाजिक संघ सस्थाका प्रमुख , कतारमा लामो समय देखि काम गर्दै आएका सामाजिक अभियान्ता तथा अग्रजहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सामाजिक अभियान्ता तथा अग्रज ब्यक्तित्व डा. देबकाजी डङ्गोल , सागर नेपाल , कमलमणि गुराइ , चानक पोख्रेल , गैरआवासिय नेपाली संघ कतारका उपाध्यक्ष कृष्ण पन्थीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
माछापुच्छ्रे बैंकले मध्यपुर्वका विभिन्न देशहरुमाआफ्नो सेवा बिस्तार गर्ने क्रममा कतारमा पनि गरेको हो । यस अघि बैंकले बहराइन, दुबाइ , कुबेत लगायतका मध्यपुर्वका देशहरुमा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।
Discussion about this post