चितवन । व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्यसंघ चितवनको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशन अन्र्तगत युवा उद्यमी दाताराम घिमिरेले सदस्य पदका लागि उमेदवारी दर्ता गराएका छन् ।
घिमिरेले (बाणिज्य तर्फ) सदस्य पदका लागि उमेदवारी दिएका हुन् । लामो समयदेखि पुष्प व्यवसायको क्षेत्रमा आवद्ध घिमिरे युवाहरु माझँ चर्चित नाम हो ।मतदाता ब्यवसायीहरु समक्ष मत माग्दै सामाजिक सञ्जालमा घिमिरेले लेखेका छन्-
उद्योग बाणिज्य संघ चितवनको सदस्यलाई सदस्य हुन पाएकोमा गर्व गर्न सक्ने बाताबरण बनाउने चिन्तनका साथ उमेदवारी दिएको छु । तपाइहरुको मनदेखि मतको अपेक्षा गर्दछु ।
Discussion about this post