जनक सापकाेटा
ढाका टोपी ढाकाको कपडाबाट बनेको शिरमा लगाउने एक पोसाक हो । नेपालमा विशेष गरि मौलिक पोसाकको रुपमा पाल्पालि र पुर्वेलि ढाका टोपी बढि चर्चामा रहेका छन। नेपालमा ढाका टोपिको सुरुवात हजारौं वर्ष पहिले भएको मानिन्छ। विभिन्न शास्त्रहरुमा टोपी लगाउने विधि पनि उल्लेख गरिएको छ। पहिले पहिले ढाका टोपिले कुनै व्यक्ति,जाति,कार्यक्षेत्र छुट्टयाउन निकै सजिलो हुने गर्दथ्यो।
बाहुन,क्षेत्री, राजामहाराजाहरु,प्रहरिले टोपी लगाउने विधि फरक फरक हने हुदाँ को कस्तो समुदायको हो छुट्टाउन सजिलो हुन्थ्यो। तर अहिले भने टोपी लगाउने विधिलाई खासै वास्ता गरिदैँन। कुनै समयमा बाहुन र क्षेत्रीहरुमा मात्र लगाईने ढाका टोपी आजभोलि भने सबै जातजातिका मानिसहरुमा लोकप्रिय बन्दै गईरहेको छ।
नेपाली टोपिको महत्त्व र पहिचानलाई विश्वभर चिनाउन नेपालले पछिल्लो केही वर्षयता जनअरि १ लाई टोपी दिवसको रुपमा मनाउँदै आईरहेको छ।पछिल्लो समयमा युवाहरुमा पनि टोपीप्रतिको लोकप्रियता बढ्दै गईरहेको पाइन्छ तर पहिले पहिलेका मानिसहरुले जस्तो बाह्रै महिना लगाउने चलन भने हराउँदै गईरहेको छ। आजकल क्षणिक बाहिरि देखावटि र कुनै माहोलमा मात्र टोपिको प्रयोग बढि हुने गर्दछ । फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने रहर युवापङ्तिमा बढि देखिन्छ तर समाजमा टोपी लगाएरै हिड्ने युवाहरु भने कमै देखिन्छन्। कुनै बेला गाउँमा बस्नेले मात्र ढाका टोपी लगाउँछन भन्ने पनि गरिन्थ्यो।
गाउँको मनिस ढाका टोपी लगाएर सहर पस्यो भने गाउँले आयो भन्ने चलन थियो।अहिले गाउँ होस या शहर ,देश होस वा विदेश ढाका टोपिको प्रयोग जताततै हुने गर्दछ।रोजगारीको क्रममा विभिन्न देशमा गएका नेपालिहरुले स्वदेशमा आएको बेला ढाका टोपी लगेर जाने प्रचलन बढ्दै गईरहेको छ।अझ आजकल त आफन्त, साथि अवथा विदेशमा रहेका विदेशि साथिहरुलाई नेपालको चिनारिको रुपमा ढाका टोपी लैजाने क्रम बढ्दो छ।कोट पाइन्ट,दौरासुरुवालसगँ पनि ढाकाको टोपी मिल्दोजुल्दो भएकोले सगैँ पनि लगाइन्छ ।
विवाह,व्रतवन्ध,विभिन्न चाडपर्वमा, पार्टि, मेला, उत्सवमा जादाँ ढाका टोपी लगाउने चलन बढ्न थालेको छ। विवाहमा त बहेला पक्ष र बेहुलि पक्ष बिच टोपी साटासाट नै हुन्छ भने जन्तिलाई टोपी लगाईदिने चलन छ।जहाँ ढाका टोपिको बढि प्रयोग गरिन्छ।व्रतवन्ध गरिसकेपछि टोपी लगाउनु पर्छ भन्ने कथन हामी सुन्दै आईरहेका छौ।यस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरुले ढाका टोपिको महत्त्वलाई झनै बढाएको छ। कतिपयले ढाका टोपी लगाउँदा आफ्नो संस्कृति पनि झल्किने, नयाँ पुस्तामा यसको आकर्षण पनि बन्ने र टाउकोमा चिसो छेक्नमा मद्दत गर्ने कुरा बताउँछन्।
विश्वबजारमा नेपाली टोपिको पहिचान बेग्लै छ।केही समय अगाडि अमेरिकामा भएको सयुक्त राष्ट्र सघंको सम्मेलनमा नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर र अमेरिमकि राष्ट्रपति जो वाइडेन एक आपसमा भेट भएको थियो।त्यो बेलामा ढाका टोपी कै कारण नेपालको प्रधानमन्त्री भनेर चिन्न सहज भएको कुरा वाइडेनले आफूसगँ बताएको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका थिए।यो घटनाबाट के प्रष्ट हुन्छ नेपाली टोपिको विश्वबजारमा बेग्लै पहिचान रहेको छ। व्यापार व्यवसायमा पनि टोपिले आफ्नै बजार स्थापित गर्न सफल भएक छ।कुनै बेला कपडा पसलमा कम बिक्ने सामानको रुपमा राखिने ढाका टोपी अहिले टोपिको मात्र व्यवसाय गरेर जिविकोपार्जन गर्न सकिने स्थिति सिर्जना भएको छ।
देशमै बनेको हुनाले पैसा बाहिर नजाने र यहिँका मानिसको दैनिकी गुजरा हुन्छ अथवा स्थानिय स्तरमा स्थानिय सीप र दक्षताले बजार पाउँछ। पछिल्लो समय नेपालमा ढाकाको व्यापार दिनप्रतिदिन बढ्दै गईरहेको छ। विदेशबाट नेपाल घुम्न आउने पर्यटकहरुले नेपालको चिनो वा सम्झनाको रुपमा टोपी लगेर जान्छन्। पछिल्लो समयमा कतिपय नेपाली दाजुभाइहरुले विदेश मै बसेर पनि यसको व्यापार गरिरहेका छन। पहिले पहिलेका मानिसहरु बाह्रै महिना टोपी लगाउने गर्दछन।अहिलेका पुस्ताहरुमा भने त्यस्तो बानि हट्दै गएको पाइन्छ । विभिन्न कार्यक्रम तथा दिवसहरुमा टोपी लगाए पनि अरु समय टोपी लगाउन युवाहरुले लाज मान्ने गर्दछन्। फोटो खिचेर फेसबुकमा राख्न, अरुले नक्कल गर्न तथा पारिवारिक वा सामाजिक दबाबमा परेर मात्र टोपी लगाउने जमात पनि ठुलै छ।
आधुनिक फेसन र डिजाइनमा रमाउन खोज्ने युवा जमातलाई ढाका टोपिप्रति ध्यान गराउनु चुनौति जस्तै पनि हो। पछिल्लो समयमा मनाईने विभिन्न दिवसहरुले युवाहरुलाई ढाका टोपीप्रति आकर्षण गर्न केही सहज भएको छ। पछिल्लो समयमा युवाहरुमा पनि ढाका टोपी लोकप्रिय बन्दै गईरहेको छ। टोपी नलगाए पनि धेरै नेपाली युवाहरुको साथमा टोपी रहेको पाइन्छ । विवाह व्रतबन्ध जस्ता कार्यक्रममा दौरासुरुवाल तथा कोटपाइन्ट सगैँ ढाका टोपी लगाउने चलनले व्यापकता पाएको छ। कुनै समयमा दौरासुरुवाल तथा टोपि लगाउने चलनम निकै कमि आएको थियो। तर अहिले त्यो क्रमिक सुधार हुदैँ गईरहेको पाइन्छ। हाम्रो मौलिकता हाम्रो सम्पत्ति हो,गौरव हो । यस्ता मौलिकता र पहिचान जोगाउन सबैभन्दा बढि महत्त्व पुस्ता हस्तान्तरण पार्दछ। अघिल्लो पुस्ताले अहिलेको पुस्तालाई र अहिलेको पुस्ताले अब आउने पुस्तालाई आफ्नो मौलिकतालाई चिनाउन जरुरि छ।
आन्तरिक पोसाकलाई बाह्य पोसाकले प्रतिस्थापित गरिरहँदा हाम्रा यस्ता पोशाक खतरामा र ओझेलमा परिरहेका छन। सगरमाथाको उचाईले हाम्रो शान, गौरवलाई जति बढाएको छ त्यसै गरि हाम्रा संस्कृति, पोशाकहरुले हामिलाई विश्वमा फरक चिनारिको रुपमा स्थापित गर्न सक्दछन ।युगयुगदेखि चल्दै आएका मौलिकतालाई जगाई राख्नु हामी सबैको कर्तव्य हो।आजको आधुनिकता युगमा हाम्राे जति विदेशि आयतिति सामान प्रयोगमा आकर्षण बढ्दो छ त्यसै गरि विदेशिहरुलाई पनि हाम्रा यस्ता पोशाकप्रति आकर्षण बढाउँदै विश्व जगतमा पहिचान स्थापित गर्नेमा जोड दिनुपर्छ।
Discussion about this post