Nirvik Khabar

भारतमा फेरि कोरोना कहर, पाँचको मृत्यु

काठमाडौं – लामो समयपछि भारतमा फेरि कोरोना भाइरस देखापरेको छ ।पछिल्लो २४ घन्टामा पाँचजनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा चारजना केरला र एकजना उत्तर प्रदेशका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा आइतवार ३३५ नयाँ केसहरू दर्ता भएका छन् ।

त्यसपछि सक्रिय केस बढेर १७ सय एक पुगेको छ। हालसम्म भारतमा चार करोड ५० लाख चार हजार ८१६ कोरोना संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३१६ पुगेको छ।

यस रोगबाट निको हुनेको संख्या चार करोड ४४ लाख ६९ हजार ७९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९८.८१ प्रतिशत र मृत्युदर १.१९ प्रतिशत छ । चार वर्षअघि चीनको बुहान सहरबाट उत्पत्ति भएको कोरोना भाइरसबाट विश्वमा लाखौं मानिस मरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस