Nirvik Khabar

नेपाल एयरलाइन्सको विमान ग्राउण्डेट

मुगु । नेपालगन्जबाट रारा विमान स्थलका लागी उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगु स्थित रारा विमानस्थलमा ग्राउण्डेट भएको छ ।

तीन यात्रु र विमान चालकसहितको टोली आइतबार बिहान ११ बजे रारा विमान पुगेको नेपाल एयरलाइन्सको नाईन.एन.ए.बि.यु कल साइन भएको विमानले उडान भर्न लाग्दा ब्याट्रीमा समस्या आएपछि ग्राउण्डेट भएको हो ।

१३ जना यात्रु बोकेर नेपालगन्ज उडान भर्नै लाग्दा जहाजमा समस्या देखिएको थियो ।जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजबाट नेपालगन्जबाट इन्जिनियर झिकाई जहाजको समस्या चेक जाँच गरिएको थियो ।

जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगन्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगन्जका लागि उडान भर्ने नेपाल एयरलाइन्स रारा स्टेसन इन्चार्ज नेत्र भामले जानकारी गराए।

विमानले भोलि उडान भर्ने छ । नेपालगन्जका लागी नेपाल एयरलाइन्समा टिकट काटेका १३ जना यात्रुहरु रारा विमानस्थल रहेको ताल्चाममा रहेका होटेलहरूमा बास बसाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस