Nirvik Khabar

प्रलोभनमा पारि अनलाइनबाट ठगी गर्ने ९ जना धनगढीबाट पक्राउ

डोटी – विभिन्न प्रलाेभनमा पारि अनलाइनबाट ठगी गर्ने नौ जनालाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले हिजाे बेलुका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार र २८ वर्षीय कमल सुनार, ३२ वर्षीय अमित कुमार, २२ वर्षीय जयराम सुनार, २६ वर्षीय कुनाल शर्मा, २४ वर्षीय मिथिल कुमार र १९ वर्षीय प्रियंसु ठाकुर रहेका छन् ।

उनीहरुको साथबाट ल्यापटप ११ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, राउटर १ थान, हेडफोन १२ थान र एउटा किबोर्ड बरामद गरिएको छ । चन्दले भन्नुभयो, ‘पक्राउ परेकामध्ये विशाल सुनारको नामबाट धनगढीमा अवैध रुपमा आईटी सेन्टर सञ्चालन गरिएको थियो ।’

धनगढी उपमहानगरपालिका–५ तारानगरमा घर भाडा लिएर उनीहरुले विभिन्न ठाउँका नागरिकलाई प्रलोभनमा पारि अनलाइन ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुले विदेशी नागरिकलाई समेत ठगी गरेका प्रहरीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस