काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालबाट बिहीबार पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । उनको बिहीबार निधन भएको हो । उनको अन्त्येष्टि भने (भोलि) शुक्रबार गरिने बताइएको छ । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।
Discussion about this post