Nirvik Khabar

अभिनेत्री दीपासा बीसीको निधन

काठमाडौँ –अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ। बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।

उनको मृत्युको कारण खुलिसकेको छैन। उनको जन्म वि.सं २०५२ सालमा सुर्खेतमा भएको थियो। तर, उनले लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ पेशामा काम गरिरहेकी थिइन्।

उनले अभिनय गरेको फिल्ममा ‘बिरानो माया, छाल, झेली, दुलाहा रानी’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्। यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस